Duration 2:27

MORNING NEWS HEADLINES - NEWS24 TV

2 044 watched
0
87
Published 27 Sep 2020

डाक्टर गोविन्द केसीले अनशन बसेको स्थानबाट सरकार गुहारे – ‘मेरो माग साधारण छ , पूरा गरिदेऊ सरकार’ । तर, सरकारकोतर्फबाट भने कुनै जवाफ आएको छैन । केसीले उठाएका मागहरुमा आम नेपाली जनमत लगभग एक ढिक्का छ । तर सरकारमात्र सदैव अर्कोतिर । हरेक पटकको अनशनमा केसीलाई आश्वासन दिइन्छ र कुनै अमुक पात्रहरुबाट जुस पिलाएर अनशन तोडाइन्छ । के निजी अस्पतालहरुको विषयमा केसीले उठाएको गुनासाहरु यसपटक कोरोनाको कहालीमा छर्लङ्ग भएको होइन र ? यस्ता धेरै उदाहरण छन््, जुन एकपछि अर्को गर्दै छर्लङ्ग बन्दैछन् । त्यसैले पनि केसीको बारेमा सरकार अब त गम्भीर बन्नै पर्छ । मर्निङ न्यूजका हेडलाइन्स । १. गत २४ घण्टामा ८ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ४ सय ६७ पुग्यो, एकैदिन १२ सय बढीमा भाइरस पुष्टी । २. आफ्ना माग र आक्रोश पोख्ने उत्तम थलो बन्दै माइतीघर मण्डला, कोरोना सिर्जित प्रतिकुल परिस्थितिमा पनि मण्डलामा भेला हुनेको भीड बढ्दै । ३. जलवायु परिवर्तनको मारले नेपालको हिमाली क्षेत्र निरन्तर प्रभावित, नेपालका २ हजार बढी हिमताल मध्ये २१ हिमताल विस्फोटको जोखिममा । ४. युएईमा जारी आईपीएलमा कोलकत्ता नाइट राइडर्सको पहिलो जित, सनराईजर्स हैदराबादको लगातार दोस्रो हार, कोलकत्तासँग ७ विकेटले पराजित । ५. र, उत्तर कोरियाका नेता किम जोङसँग भेट्ने जापानी प्रधानमन्त्री योशिहिदेको चाहना, दुई देशको सम्बन्धलाई सुमधुर बनाउँन चाहेको उल्लेख । SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Category

Show more

Comments - 2